गजल
लेखराम सापकोटातिमीलाई सम्झिएँ जून खस्यो जब
सिरानीमा आँशुको धुन खस्यो जब
सिरानीमा आँशुको धुन खस्यो जब
सारा रात अत्यास छटपटीमा बित्यो
म घाइते भएछु खून खस्यो जब
थियो लाख पुकार सहारा थिएन
थिएँ एक्लै एक्लै म गुन खस्यो जब
हामीले एकै थालमा भोक मेटेथयौं
आज नमीठो लाग्यो नुन खस्यो जब
कस्तो जमाना आयो माया जोखिन थाल्यो
तिमीले हिरा पायौ सुन खस्यो जब
Advertisement
Babugorkhali said,
August 17, 2009 at 11:30 am
nice gajal .