गजल
-राजेश्वर ढकाल
दशै तिहार् धेरै भयो हाँस्खेल् गर्न पाको छैन
आशिष् थाप्दै मान्यजन्का हात्को टिका लाको छैन
दशै खर्च पठाउनु हुन्न भनी सोध्छीन् प्यारी
महिना त मरी सक्यो तर तलब् आको छैन
हुने खानेहरु यहाँ रम्झममा लागि सके
हामी जस्ता गरिबको आँगनीमा छाको छैन
सबै सँग मिलिजुलि मनोराजन् गर्ने बेला
पर्देशमै बस्नु पर्दा मन्मा शान्ति भाको छैन
सांस्कृतिक सद्भावको महान् चाड हाम्रो दशै
मान्न छाडि पाश्चात्यको पछाडि म गाको छैन
गजल
– लेखराम सापकोटा
मुटु चुडेर गयौ खबर कहाँ बाट पाउनु
भोको जवानीका रहर कहाँ बाट पाउनु
कहाँ देख्यो नदीले संगै कोही रोएको
छेवैमा हाँसेको बगर कहाँ बाट पाउनु
जल्छ मुटु बेसरी सम्झु कसरी त्यो दिन
आँशु नबगेका नजर कहाँ बाट पाउनु
कसरी बांधिन सक्छु अर्कैको अंगालोमा
मेरो मुटु हौ तिमी बदर कहाँ बाट पाउनु
छैन कुनै बन्देज जे गरेनी तिमीले
मर्छु बरु म आफै जहर कहाँ बाट पाउनु
दुबई, संयुक्त अरब इमिरेट्स
गजल
लेखराम सापकोटासिरानीमा आँशुको धुन खस्यो जब
सारा रात अत्यास छटपटीमा बित्यो
म घाइते भएछु खून खस्यो जब
थियो लाख पुकार सहारा थिएन
थिएँ एक्लै एक्लै म गुन खस्यो जब
हामीले एकै थालमा भोक मेटेथयौं
आज नमीठो लाग्यो नुन खस्यो जब
कस्तो जमाना आयो माया जोखिन थाल्यो
तिमीले हिरा पायौ सुन खस्यो जब
गजल
जगत राम बर्देवा ‘घायल’
उजाड बस्ती भएछु म आफ्नो अन्तै सरे पछि
फूल्को बाशना कहाँ रहयो कोपिलामा झरे पछि
गर्दिन म भुल अब राम्रो फूलमा आँखा लाउँने
बिर्सी दिदै बेश होला आफु गरिब परे पछि
सुनको वाला दिउँ भने उसले हिरा दियो अरे
मेरो अभाब किन हुन्थ्यो उसैको काख भरे पछि
मोज मस्तीमा बित्दै होलान् छता छुल्ल रहरहरु
थोत्रो बस किन चाहीयो चिल्लो कार चढे पछि
कती चाढै फड्को मार्यौ मेरो छाती कुल्चिएर
तिम्रो बाटो खुलम खुल्ला मेरो जीवन सडे पछि
पर्ख -पर्ख भन्दै थिएँ दुई बर्षमा घर आउंछु
म तिर मन् फर्किएन अन्तै चइन गरे पछि
उजाड बस्ती भएछु म आफ्नो अन्तै सरे पछि
फूल्को बाशना कहाँ रहयो कोपिलामा झरे पछि
पृथ्बीनाराण नगरपालीका १० गोरखा
हाल ; दोहा-कतार ब्लुसलोन कम्पनी
पोष्ट बक्स न ६२५५
गजल
प्रकाश बन्जारा” बिहानी ”
तिमी लोकपि्रय म अचल भएँ
खै के बिराएँ ढलपल भएँ
उदार बने । होला र पहिले
तिम्रै भाषामा म कलकल भएँ
हेरीरहयौ तिमी मुकदर्शक
भेलाहरुमा म छलफल भएँ
भनेनौ मलाइ बिचरा तिमीले
तिमी बहयौ नदि न ढल भएँ
रम्यौ तिमी सम्पन्नता सँसारमा
म बाग्मति न सुन्दरी जल भएँ
साउनेचउर -९ खोटाङ्ग हाल दोहा कतार
गजल
-एन.बी.अन्जान
घुमिफिरी तिज चाड फेरी आउँदा सानु
नदुखाउ मन थोत्रे साडी लाउँदा सानु
बाल बच्चा रोई कराई मिठो पापा भन्दा
नझारेस् आँशु ढिडो गुन्द्रुक ख्वाउँदा सानु
हात हेरी टोलाउँदै नपारेस् मन खिन्न
संगी नाच्दै हातका चुरा बजाउँदा सानु
झ्यालमा बसी नदुखेस मन गाँठो पारी
सारथीले दिल खोली गीत गाउँदा सानु
मिठो खाइ राम्रो लाउँला अवश्य त्यो दिन
हाम्रो माझँ गरीबीले मुत्ती पाउँदा सानु ।
रानीटार १ पाँचथर
हाल -दोहा कतार
गजल
राजेश्वर ढकाल
कर्के नजर लाउनेले भुतुक्कै पारी मलाई
पहिलो प्रेम दाउनेले भुतुक्कै पारी मलाई
धुत्न सम्म धुति हरे दोबाटोमा छाडि मलाई
अघि पछि सधै धाउनेले भुतुक्कै पारी मलाई
अनौठो रहेछ मायाँ मोह नौंनी सरी पग्लाई
प्रेमको गीत गाउनेले भुतुक्कै पारी मलाई
आफु भने यश आराम महलमा बसी बसी
मेरो हाँसोनै पाउनेले भुतुक्कै पारी मलाई
वगुवा -६ माछापोखरी,गोरखा
हाल;दोहा-कतार
mail : drajeshwor@yahoo.com
गजल
लेखराम सापकोटा
के दिउं जवाफ तिमीलाई मैले हाम्रो कहानी अधुरो लागे
संगाली राख हृदय माझ यो जिन्दगानी अधुरो लागे
आउनेछ एकदिन देखाउने पालो दुनियाँलाई नढाटीकन
देखाई दिन्छु चिरेर छाती चोखो निसानी अधुरो लागे
सजिलो होला तिमीलाई तर हराऊदैन यी आँखाबाट
कसरी बिर्सु मायाको ठेकी सानो मदानी अधुरो लागे
सुकेको आंत लिएर आउथ्यौ बारम्बार पधेरो खोज्दै
के भनौ मैले तिमीलाई अब मेरै पानी अधुरो लागे
सापटी मागी मखमली सुवास कसरी हांसू एक्लै बसी
हामी सुतेको एउटई ओछ्यान उही सिरानी अधुरो लागे
गजल
-लेखराम सापकोटा
छाडी गयौ तिमी मलाई दुख्यो मुटु रोएँ
राती एक्लै सिरानीमा लुटुपुटु रोएँ
भोक छैन नीद छैन हिजो आज मलाई
जल्छ छाती खान्छ मुटु कुटुकुटु रोएँ
सताएर तिम्रो यादले ज्ञान सुकी गयो
बगाउदै पिएँ आँसू घुटूघुटू रोएँ
जादै थियौ डोली चढी आँखा बाट टाढा
तिम्रो आँखा छल्न मैले सुटूसुटू रोएँ!!!
हाल ; दुबई
Email ; lrsapkota@gmail.com
Hello world!
Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!